काठमाडौं । नेपालमा ८३६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ८३६ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ८२ हजार ८९० रहेको छ । संक्रमित मध्ये दुई लाख ७४ हजार ८१२ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या पाँच हजार ८ रहेको छ ।
पछिल्लो २४ घण्टामा २०८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ४ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३०७० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस