
काठमाडौं । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बालबालिकाहरुम बढी संक्रमणदेखि पछि विद्यालय बन्द गर्न सिफारिस गरेको सीसीएमसीका सचिव खगराज बरालले जानकारी दिए ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको सीसीएमसीको बैठक केहीबेर अघिदेखि सिंहदरबारमा शुरु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायतका क्षेत्र तत्काल बन्द गर्न सुझाव दिइसकेको छ । तर, सीसीएमसीले हालसम्म पनि बढी जोखिम बढेका क्षेत्र बन्द गर्न कुनै पनि निर्णय गरेको थिएन ।
१४ जिल्लाका विद्यालयमा विद्यार्थीलाई जान आम अभिभावक र विद्यार्थीमा अन्योलता छाइरहेको छ । सिसिएमसीका सचिव खगराज बरालले बैठक कोभिड १९ को दोस्रो लहरको संक्रमणका विषयमा केन्द्रीत रहेर छलफल भएको बताए ।
सीसीएमसी सिफारिसहरू अनुसार, जिल्ला कोभिड कन्ट्रोल मैनेजमेन्ट सेन्टरले यसलाई हेर्नेछ र नयाँ भाइरस भेन्ट फेला परेका शैक्षिक संस्थानहरू अनलाइन कक्षा चलाउन लगाउन सिफारिस गरेको छ ।
यसै गरी,शपिंग मल्ल, स्वास्थ्य क्लब, पौंडी पोखरी, धार्मिक साइटहरु र अन्य सार्वजनिक स्थानहरुमा स्वास्थ्य सुरक्षा प्रोटोकलको पूर्ण अनुपालन सुनिश्चित गराउनका लागि सम्बन्धीत नियकालाई अनुरोध गरेको छ । सीसीएमसीले गरेको सिफारिस भने अब मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस