
काठमाडौं । नेपालमा १०१५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १०१५ जना नयाँ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो। जसमा काठमाडौं उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ८४ हजार ६७३ रहेको छ । संक्रमित मध्ये दुई लाख ७५ हजार ३०० जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या पाँच हजार ८ रहेको छ ।
पछिल्लो २४ घण्टामा २६२ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ८ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३०८३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस