
एजेन्सी । गाडी चलाइरहेका बेलामा फोन उठाउन सबैभन्दा जोखिम युक्त मानिन्छ । विश्वभरीमा धेरैले आफ्नो सानो गल्तिका कारण अन्यको ज्यान जोखिममा पर्ने गरेका छन् । यसलाई मध्यनगर गरेर गुगलले नयाँ फिचर ल्याएको छ ।
गुगल सपोर्ट पेजका अनुसार एन्डोइड फोन युजर्सका लागि गुगल म्यापले गुगल असिस्टेष्ट ड्राइभिंग मोड जारी गरेको छ । यो फिचर यसभन्दा पहिला अमेरिकी नागरिकका लागि मात्र थियो । अब यो फिचर सिंगापुर, अस्ट्रेलिया, बेलायत र भारत जस्ता देशमा पनि यो सेवा शुरु गरेको जनाएको छ ।
गुगल सपोर्टका अनुसार युजर वयरको प्रयोग गरेर कल र टेक्स्ट सेन्ड अथवा रीसिभ गर्न सकिने छ । युजरको नयाँ म्यासेजलाई छिटो रिभ्यू गर्न सकिन्छ । गुगलका अनुसार ड्राइभिंग मोडको सहयोगबाट युजरले विना नेविभगेसन स्क्रिनको प्रयोग नगरी यो सुविधा लिन सकिन्छ ।
गुगल असिस्टेष्ट युजरले म्यासेज पढेर सुनाइदिने छ । जसले गर्दा फोन वा म्यासेजमा गाडी चलाउनेको ध्यान नजाओस । एन्डोइड फोन युजरको इम्कमिंग कल आएको संकेतका साथै युजर कमाण्डको सहयोगले फोन रिसिभ गर्ने वा कट गर्न सकिन्छ ।
गुगलका अनुसार ड्राइभिंग मोडको प्रयोग गर्न सजिलो छ । युजरले केबल गुगल म्याप ओपन गरेर कुनै डेस्टिनेसनको नेभिगेसन गरेर अन गर्न सकिन्छ ।
यसपछि स्क्रिनमा ड्राइभिंग मोडमा आउछ त्यसमा ट्याप गर्न पर्छ । यसमा अर्को तरिका भनेको फोनमा असिस्टेन्ट सेटिंगमा गएर हे गुगल असिस्टेन्ट सेटिंग भन्न पर्ने हुन्छ । यसपछि टास्फोटेसन मा गएर डाइभिंग मोड सेलेक्ट गरेर अन गर्न पर्छ । यस फिचरका लागि ४ जीवी र्याम्पका साथमा ९.० सम्म या यो भन्दा एन्डोइड फोनका लागि उपलब्ध रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस