aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आधा दर्जन अस्पतालले भर्ना नलिदा आरडिटी पोजेटिभ देखिएकी उदयपुरकी एक महिलाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ बैशाख २०७८
आधा दर्जन अस्पतालले भर्ना नलिदा आरडिटी पोजेटिभ देखिएकी उदयपुरकी एक महिलाको मृत्यु

उदयपुर । आरडिटी पोजेटिभ देखिएका उदयपुरका एक विरामीले सोमबार उपचार नपाएर ज्यान गुमाएका छन् । कोरोना भाईरस परीक्षणका लागि आरडिटी टेष्टगर्दा पोजेटिभ देखिएपछि विराटनगरका आधा दर्जन अस्पतालले भर्ना नलिदा उनको ज्यान गएको हो । 

आइतबार अकस्मात श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय अस्पतालमा सामान्य उपचारपछि विराटनगर रेफर गरिएका त्रियुगा नगरपालिका ५ का ३५ बर्षिय महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । 

सुवेदीका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई एम्बुलेन्समा अक्सिजन दिएर विराटनगरस्थित गोल्डेन अस्पतालमा पुर्याइएको थियो । ‘बिरामी लैजानसाथ आरडिटी परीक्षण गरियो तत्काल पोजेटिभ देखियो । विरामीको अवस्था गम्भिर छ, मेडिकल कलेज लैजानुस चिकित्सकले भनेर भन्नुभयो ।’ उनले थपे, ‘चिकित्सको सुझाबअनुसार विराट मेडिकल कलेज पुर्याएको तर त्यहाँ पनि आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि चिकित्सकले भर्ना नगरी फर्काइदिए छन् ।’    

एकले अर्कोलाई मौखिक रेफर गर्न थालेपछि लगेको एम्बुलेन्समा अक्सिजन सकिएको र अर्को एम्बुलेन्समार्फत म्याक्स अस्पताल, विराटनर्सिङ्ग होम, नोवेल अस्पताल हुँदै कोसी अञ्चल अस्पताल पुर्याए पनि कसैले भर्ना नलिएको उनले बताए । कोसी अञ्चल अस्पतालमा आईसोलेसनमा भर्ना गरेको तर चिकित्सकले उपचारमा आनाकानी गरेपछि बिरामीको बिहान मृत्यु भएको उनले बताए । सुवेदीले भने, ‘यो अस्पतालको गम्भिर लापरबाही हो । यसरी अस्पतालले लापरबाहि गर्दै जाने हो भने कोरोना बाहेकका अन्य बिरामीले पनि उपचार पाउन मुस्किल छ ।’  

प्रतिक्रिया दिनुहोस