काठमाडौं । अब विदेशबाट आउनेहरू अनिवार्य १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने भएका छन् । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले विदेशबाट आउनेहरू अनिवार्य १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने बताए ।
मन्त्री गुरुङले त्यसरी विदेशबाट आएकाहरूले पिसिआर परीक्षण गराई नतिजा नआएसम्म बाहिर हिँडडुल समेत नगर्न भनिएको बताए । उनले भने, ‘विदेशबाट नेपालमा आउँदा र निकट सम्पर्कमा कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भएता पनि कम्तीमा १० दिन होम क्वारेन्टिन अनिवार्य बस्ने, पिसिआर परीक्षणका लागि स्वाब दिएपछि नतिजा नआएसम्म बाहिर हिँडडुल गर्न नदिने निर्णय भएको छ।’
प्रतिक्रिया दिनुहोस