
काठमाडौं । ओपोले नेपालमाएफ १९ को विक्रि आरम्भ गरेको छ । एफ १९ को डिजाइन विशेषगरी उच्च गुणस्तरिय स्मार्टफोनका साथै आकर्षक डिजाइन मनपराउने “ट्रेण्डसेटिङ” पुस्तालाई ध्यानमा राखि गरिएको छ ।
एफ १९ मा ब्रिलियन्ट स्क्रिन, उच्च कोटीको परफरमेन्सका साथै कम्पनीले आकर्षक डिजाइनपनि दिएको छ । यसको विकास गरिँदा प्रयोगकर्ताले फोनको दैनिक प्रयोग गर्दा ब्याट्रीका कारण कुनै समस्या झेल्न नपरोस् भन्नुका साथै छरितो चार्जिङ मार्फत चार्जिङकै लागि धेरै समय खर्चिन नपरोस् भन्ने तिर पनि विशेष ध्यान दिइएको छ ।
एफ सिरिजको डिजाइन आफ्नो दैनिक आवश्यता पुर्तिका साथै जीवनमा सहजता प्रदान गर्ने प्रविधि सहितको ट्रेण्डी स्मार्टफोन चाहने उपभोक्ताहरुका लागि गरिएको हो । दिनभर फोनको प्रयोग, विना कुनै रुकावट गर्न सकियोस् भन्ने सोचका साथ यसमा ३३ बाट फ्ल्याशचार्ज सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।
साथै, उपभोक्ताका आँखालाई नकारात्मक किरणबाट जोगाउने प्रविधिका साथमा उत्कृष्ट एमोलेड एफएचडी+ पञ्च(होल डिस्प्ले, त्योपनिपातलो बडी डिजाइनका साथमा दिइएको छ । ओपो एफ१९ ले डिजाइन र प्रविधिका क्षेत्रमा सन्तुलित परफरमेन्स दिन्छ ।
ओपो एफ१९ प्रिजमब्ल्याक र मिडनाइट ब्ल्यू गरी दूई आकर्षक रंगमा नेपाली बजारमा उपलब्ध गरिएको छ । ६ जीबी ¥याम र १२८जीबी सञ्चय क्षमताका साथमा सार्वजनिक यसको मूल्य रु. ३४ हजार ५ सय ९० निर्धारण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस