काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भक्तपुरमा ८४ जना, ललितपुरमा १८१ जना र काठमाडौंमा ७८६ जना गरि जम्मा एक हजार ५१ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
नेपालमा २३५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा २३५१ जना नयाँ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पीसीआर परीक्षणबाट २२ सय २० जना र एन्टिजेन परीक्षणबाट १ सय ३१ जनागरी २३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस