aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

मोटोरोलाको पुनरागमन, मूल्य कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० बैशाख २०७८
मोटोरोलाको पुनरागमन, मूल्य कति ?

काडमाडौं । मोटोरोलाले अत्यन्त लोकप्रिय स्मार्ट फोन मोटो इ सेभेन पावर नेपालमा सार्वजनिक गरेको छ ।  जि र इ वर्गबाट दुईवटा नवीनतमर लोकप्रिय उत्पादनहरूका साथ मोटोरालाले विहीबार नेपालमा पुनरागमनको घोषणा गरेको हो । 

मोटोरोलाको नेपालका लागि वितरक कलमोबिलिटी प्रा.लि हो । सन् २००७ मा कलमोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सि सिरिज जस्ता यसका परम्परागत मोडलहरू ल्याएको कम्पनीले दावी गरेको छ । नेपालमा यी मोडलहरू अत्यन्त लोकप्रिय थिए र बजारबाट बहिर्गमन नहुन्जेल मोटोरोला मोबाइलका  नेपालमा अग्रणी  मोबाइलका रुपमा रहि रह्यो । ।

५००० एमएएचको ब्याट्री, २ जिबी,  ३२ जिबी स्टोरेज, १३ एम पी ड्यूल क्यामेरा र अन्य धेरै विशेषताका रहेको मोबाइलको मूल्य १२, ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

विश्वभरि नै यो मोडलको मोबाइल सेट १० करोडवटा विक्री भएको मोटो इ सेभेन पावर विक्री वितरण भएका अत्यन्त लोकप्रिय उत्पादनहरू भएको कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस