aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

त्रिभुवन विमानस्थलमा ३ः१० देखि आधा घण्टा सेवा बन्द हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
त्रिभुवन विमानस्थलमा ३ः१० देखि आधा घण्टा सेवा बन्द हुने

काठमाडौं । ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यासका लागि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अपराह्न आधा घण्टा बन्द हुने भएको छ ।

हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएको विमानस्थलले जनाएको छ ।

सङ्कटकालीन योजनाअनुरुप गरिने अभ्यासका लागि विमानस्थल आधा घण्टा बन्द गरिने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी र्दिएका छ । उनका अनुसार पहिलो पटक पूर्णकालीन अभ्यास गर्न लागिएको हो ।

अभ्यासका क्रममा दिउँसो ३ः१० देखि ३ः४० बजेसम्म विमानस्थलका नियमित उडान/अवतरण सूचना प्रकाशित गरी आधा घण्टा बन्द गरिनेछ । त्यसअवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै उडान बन्द हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस