aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

पूर्वराज परिवारका तीन सदस्य अस्पताल भर्ना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ बैशाख २०७८
पूर्वराज परिवारका तीन सदस्य अस्पताल भर्ना

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन । छोरी प्रेरणा शाहसहित उनीहरु आज दिउँसो १ बजे अस्पतालमा भर्ना भएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार कोभिड–१९ को उपचारका लागि उनीहरु भर्ना भएका हुन । केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा र रानीमा कोरोना सङ्क्रमण देखिएको थियो । कर्पोरेट कम्युनिकेशन बाँस्तोलाले उनहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । 

प्रतिक्रिया दिनुहोस