aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

कोरोना सङ्क्रमणबाट संविधानसभा सदस्य सिद्धिकीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ बैशाख २०७८
कोरोना सङ्क्रमणबाट संविधानसभा सदस्य सिद्धिकीको मृत्यु

बाँके । कोरोना भाइरस सङ्क्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज–३ की ६२ वर्षीया मोहम्मद सिद्धिकी रहेको छ । उपचारका क्रममा शनिबार उनको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए । कोरोना सङ्क्रमण पुष्टि भएपछि उन गत चैत २८ गते भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा भर्ना भएका थिए । 

उनी नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्य समेत थिए । विसं २०३६ देखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएकी सिद्धिकी समाजसेवा र मानव अधिकारका क्षेत्रमा विशेष सक्रिय रहँदै आएका थिए । उन नेपालगञ्जमा स्थापित फातिमा फाउण्डेशन नेपालको संस्थापक अध्यक्षसमेत थिए। योसँगै कोरोना सङ्क्रमणबाट बाँकेमा मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस