aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ बैशाख २०७८
थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा ३१२२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३०३२ जना र एन्टिजने परिक्षण गर्दा ९० जना गरि जम्मा ३१२२ जना नयाँ संक्रमित थपिएका बताए ।      

आज थपिएकामध्ये काठमाडौं उपत्यकामा थप १४९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मन्त्रालयले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भक्तपुरमा ९६ जना, ललितपुरमा २७० जना र काठमाडौंमा ११३२ जना गरि जम्मा १४९८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या तीन लाख ११९ रहेको छ । संक्रमित मध्ये दुई लाख ७७ हजार ५७३ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १९ हजार ३८२ रहेको छ ।         

पछिल्लो २४ घण्टामा ४५० जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २८ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३१६४ पुगेको छ ।  
 

             

प्रतिक्रिया दिनुहोस