
काठमाडौं । काठमाडौं उपत्यकामा थप १४९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भक्तपुरमा ९६ जना, ललितपुरमा २७० जना र काठमाडौंमा ११३२ जना गरि जम्मा १४९८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
यससंगै आज नेपालमा ३१२२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३०३२ जना र एन्टिजने परिक्षण गर्दा ९० जना गरि जम्मा ३१२२ जना नयाँ संक्रमित थपिएका बताए ।
प्रतिक्रिया दिनुहोस