aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

कोरोनालाई रुघाखोकीको भाइरसले परास्त पार्ने वैज्ञानिकको दाबी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ बैशाख २०७८
कोरोनालाई रुघाखोकीको भाइरसले परास्त पार्ने वैज्ञानिकको दाबी

कोरोना भाइरसले संसारभरका मानिसहरूलाई त्रसित पारिरहेका बेला वैज्ञानिक अनुसन्धानबाट अर्को एउटा नयाँ तथ्य सार्वजनिक भएको छ । त्यो हो, सामान्य रुघाको भाइरसले कोरोनालाई मानिसको शरीरमा टिक्न नदिने तथ्य । 

युनिभर्सिटी अफ ग्लास्गोका वैज्ञानिकहरूले गरेको अनुसन्धानबाट यस्तो खुलासा भएको बीबीसीले जनाएको छ । सो अनुसन्धानका अनुसार सामान्य रुघाखोकी लगाउने राइनो भाइरसले कोरोना भाइरसलाई मानिसको शरीरबाट बाहिर निकाल्छ । अर्थात् सो भाइरसले कोरोना भाइरसलाई परास्त पारेर मानिसलाई सुरक्षित राख्न मद्दत गर्छ । 

वैज्ञानिकहरूले यो अनुसन्धानबाट प्राप्त नतिजालाई सामान्य नतिजा भनेका छन् । त्यसैले सबै मानिसमा यही तथ्य लागू हुन्छ भनेर ठोकुवा गरिरहेका छैनन । तथापि राइनो भाइरससँग कोरोना भाइरसलाई परास्त पार्न सक्ने क्षमता रहेको छ भन्ने दुई मत छैन । 

वैज्ञानिकहरूका अनुसार भाइरसहरू दुई प्रकारका हुन्छन्, एउटा स्वार्थी हुन्छन् भने अर्को उदार । राइनो भाइरस स्वार्थी भाइरस हुनाले उसले पहिले सङ्क्रमित गरेका शरीरका अङ्गहरू जस्तै नाक, घाटी, फोक्सो आदीमा अरू भाइरस छिर्न दिँदैन । यस क्रममा अन्य भाइरससँग युद्ध गर्छ । वैज्ञानिकहरूले प्राप्त गरेको नतिजा यही हो की यस्तो युद्धमा राइनो विजय र कोरोनाको पराजय भएको देखियो । 

त्यस्तै, निमोनिया, ब्रोकाइटिस जस्ता रोगका लागि जिम्मेवार एडेनो भाइरस भने उदार भाइरस हो । यसले अन्य भाइरसहरूलाई शरीरमा प्रवेश दिन्छ र समस्या अझ जटिल बनाइदिन्छ । त्यसैले राइनो हाम्रो लागि रक्षक साबित बन्ने देखिएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस