
काठमाडौं । ओपोले केही समय अगाडी मार्च महिनामा आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ१९ प्रो नेपालमा सार्वजनिक गरेको छ । छोटो अवधिमै निकै लोकप्रियता पाएको उक्त ह्याण्डसेटले, अल्ट्रा(स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि समाहित गर्दै प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फञ्शनको साथमा उत्कृष्ट भिडियो, एआई कलर पोट्रेट भिडियो, ३०वाट भोक फ्ल्याश चार्ज ४.० लगायत फिचरका साथमा उत्कृष्ट प्राविधिक अनुभूति प्रदान गर्दै आइरहेको छ ।
उपाभेक्ताले यो ह्याण्डसेटलाई किन यत्ति रुचाइरहेका छन् त? यहाँ उपभोक्ताका प्रतिक्रियाका आधारमा एफ१९ प्रोलाई बजारमा उपलब्ध अन्य उपकरण भन्दा पृथक बनाउन सघाएका तीन उत्कृष्ट फिचर्सका बारेमा जानकारी दिने प्रयास गरिएको छ ।
एफ१९ प्रोमा ४८एमपी मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटअप उपलब्ध छ । फोटो तथा भिडियोमा डेप्थ थप्नका लागि कन्सर्टहरुमा मेन क्यामेरा ८एमपी अल्ट्रा वाइड(एंगल क्यामेरा, २एमपी माक्रो क्यामेरा र २एमपी मोनो क्यामेराका साथमा काम गर्छ ।
प्रयोगकर्ताका लागि सेल्फीले पनि उत्तिकै महत्व राख्छ । यही कुरालाई दृष्टिगत गर्दै फोनमा ३२एमपी फ्रण्ट(फेसिङ क्यामेराको प्रयोग गरिएको छ । उत्कृष्ट भिडियोका लागि हार्डवेयरका साथै सफ्टवेयर र पोष्ट प्रोसेसिङका लागि समेत फोनमा कम्पनीले राम्रो ब्यवस्था गरेको छ ।
एफ१९ प्रोमा भिडियोलाई आकर्षक देखाउन एआई कलर पोट्रेट भिडियोलाई परिस्कृतिकरणका साथ भिडियोमा प्रयोग गर्न मिल्ने तरिकाले उपलब्ध गरिएको छ । फोटोग्राफी भ्यारियण्टमा एआई कलर पोटे«ट भिडियोले, भिडियो शटको मान्छे पहिचान गरे जस्तै, एफ१९ प्रोले ब्याकग्राउण्डका मानिसलाई बुद्धिमताका साथ छुट्याउँछ । साथै, शटमा रहेको मानिसलाई चहकिला रंगले हाइलाइट गर्दै ब्याकग्राउण्डमा मोनोटोन ब्ल्याक वा ह्वाइट फिल्टरको प्रयोग मार्फत पोट्रेटको विषयलाई झल्किन सघाउँछ ।
रंग मार्फत आफ्नो रचनात्मकता भिडियोद्वारा प्रदर्शित गर्न चाहनेहरुका लागि ओपो एफ१९ प्रोमा मोनोक्रोम भिडियो फिचरपनि उपलब्ध छ । यसले कुनैपनि शटमा सिंगल आरजीबी रंगलाई बढावा दिनुका साथै अन्य रंगका प्यालेट्स फिल्टरआउट गरी फुटेजमा नाटकियपन ल्याउँछ ।
फोन मार्फत आफ्ना दैनिकी रेकर्ड गर्न रुचाउने भ्लगर्सका लागि ओपोले दूई दृष्टिकोण एकै पटक कैद गर्न सघाउने डुअल(भ्यू भिडियो फिचरपनि सार्वजनिक गरेको छ । यसको सहायताले एकै साथ फ्रण्ट र रियर क्यामेरा मार्फत भिडियो खिच्न सकिन्छ । साथै कन्सर्ट लगायत समारोहका शट्समा स्थिरता दिन वा चहलपहलका कारण भिडियो बिग्रिने सम्भावनाबाट जोगाउन यसमा ईआईएस फिचरपनि दिइएको छ ।
फोटोमा उत्कृष्टताका लागि ओपोले डायनामिक बोके, नाइट फ्लेयर पोट्रेट लगायत ईफेक्टहरु पनि फोनमा उपलब्ध गराएको छ । त्यसैगरी एआई कलर पोटे«ट, एआई ब्यूटिफिकेशन २.० जस्ता फिचर्सले फोटोमा रहेका मानिस वा मानिसको समूहका प्राकृतिक सौन्दर्यमा निखार ल्याउँदै फोटोमा उत्कृष्टता प्रदान गर्न सघाउँछ ।
एफ१९ प्रोमा रहेको एआई सिन ईन्ह्यान्समेन्ट २.०ले २० प्रकारका ल्याण्डस्केप शट्को पहिचान गर्ने क्षमता राख्नुका साथै पिक्सेल (बाई( पिक्सेल कलर स्चाचुरेशन र कन्ट्रास्टमा सुधार ल्याउने कार्य गर्छ । साथै, भिडियो एडिटिङमा सघाउँदै मुभि(क्वालिटी क्ल्प्सि स्वचालितरुपमा निकाल्न सघाउने लोकप्रिय फिचर, सोलुप भिडियोलाई पनि फोनमा निरन्तरता दिइएको छ ।
तिब्र गतिको चार्जिङ सुविधाका लागि ३०वाट भोक फ्ल्याश चार्ज ४.० प्रविधिका साथै ब्याट्री छिटो सकिने कारणले उपभोक्ताको दैनिकीमा कुनै समस्या नआओस् भन्ने सोचका साथ एफ१९ प्रोमा लामो समय सम्म टिक्ने ४३१०एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । उदाहरणका लागि मात्र ५ मिनेटको चार्जले फोनमा २.९ घण्टा यूट्यूब हेर्न सकिन्छ । एक पटक पूर्णरुपमा फोनलाई चार्ज गरिसकेपछि यसमा ढूक्क भई १६ घण्टा सम्म अनलाईन भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ ।
आफ्नो साथमा चार्जर नहुँदा, साथै ब्याट्री लाईफ पनि अन्तिम केही प्रतिशत मात्र बाँकी रहने जस्ता अनपेक्षित अवस्थालाई समेत विशेष ध्यान दिई एफ१९ प्रोमा अल(डे स्मार्ट पावर सेभिङ फिचरपनि दिइएको छ । यो फिचरले सीपीयू फ्रिक्वेन्सी, फोनको ब्राइटनेस लगायत घटाई कल गरिरहेको, टेक्सटिङ वा नेभिगेशन एप चलाईरहेको अवस्थामा अन्तिम ५% ब्याट्री बाटै फोनलाई रुकावत विना चलाउन सघाउँछ ।
तपाई निदाइरहेको अवस्था पहिचान गरी सुपर नाइटटाइम स्ट्यान्डबाईले बेडटाइम रुटिन अनुसार समायोजित हुँदै उक्त समयमा फोनको ब्याट्री जम्मा २% मात्र घटाउन सघाउँछ । फोनलाई ओभरचार्जिङ हुनबाट जोगाउन यसमा ब्याट्री गार्डको ब्यवस्थापनि गरिएको छ ।
समय बित्दै जाँदा फोनको गतिमा न्यूनिकरण आउने समस्या हामी मध्य अधिकांशले अनुभव गरेका छौँ । यसको समाधानका लागि कम्पनीले एफ सिरिजका फोनमै पहिलो पटक सिस्टम परफरमेन्स अप्टिमाइजर उपलब्ध गराएको छ । ओपोको स्वामित्व अन्तर्गतको यो प्रविधिले १० अनुकुलन सुविधाका प्याकेज उपलब्ध गराउँदै फोनलाई लामो सयम सम्म बिना ल्याग सटिक कार्यप्रदर्शनीको क्षमता प्रदान गर्छ ।
एप स्टार्टअप टाइममा तिब्रताका साथै, थप प्रतिक्रियात्मक अन(स्क्रिन टच र न्यून ल्यागका लागि एफ१९ प्रोमा २.२ जीएचजेड सम्म सञ्चालन हुने २ एआरएम कोरटेक्स(ए७५ प्राइम कोर्स र २.०जीएचजेड सम्म क्षमताका साथ सञ्चालन हुने ६ एआरएम कोरटेक्स(ए५५ सहितको शक्तिशाली मिडियाटेक हेलियो पी९५ ओक्टा(कोर प्रोसेसरको प्रयोग गरिएको छ ।
शक्तिशाली प्रोशेसरका साथै एफ१९प्रोमा गेमिङको मज्जाका लागि स्मूथ ग्राफिक्स, अप्टिमाइज्ड नेटवर्क ल्याटेन्सी र डि¥याकद्वारा सञ्चारित रियल एचडी साउण्ड सुविधापनि उपलब्ध छ । साथै, फोनलाई ईन्टेन्सिव गेमिङका दौरान उत्पादन हुने तापका कारण ल्याग हुनबाट जोगाउन विशेष कुलिङ प्रणालीपनि फोनमा उपलब्ध गरिएको छ ।
गेमर्सलाई विशेष ध्यानमा राखि ओपो एफ१९ प्रोमा गेमिङको अभूतपूर्व मज्जा र मनोरञ्जन प्रदान गर्न गेम फोकस मोड, क्विक स्टार्टअप, गेम फ्लोटिङ विण्डो र बुलेट स्क्रिन म्यासेज लगायत फिचर्सपनि उपलब्ध गरिएका छन् ।
ओपो एफ १९ प्रोमा मल्टिटास्किङ गरिरहनुपर्ने प्रयोगकर्ताहरुलाई विशेष ध्यानमा राखि विभिन्न सुविधाहरु उपलब्ध छन् । उदाहरणका लागि कुनै एप चलाइरहेको अवस्थामा त्यसलाई बन्द नगरिकन ह्वाट्सएप म्यासेजमा रिप्लाइ गर्नुपर्ने अवस्था हुँदा तपाईले फ्लेक्सड्रप फिचरको प्रयोग गर्नसक्नु हुन्छ । कार्यालयमा कार्यरत प्रयोगकर्ताहरुका लागि डक्यूमेन्ट्स शेयरिङमा सहजता प्रदान गर्न एफ१९ प्रोमा नियरबाई शेयरिङ फिचर दिइएको छ । यसको माध्यमबाट नजिक रहेका अन्य ओपो प्रयोगकर्ताहरुलाई सिधै डक्यूमेन्ट्स शेयर गर्न सकिन्छ । त्यसैगरी स्क्रिनशट्स लिन र त्यसमा रहेको कन्टेन्टलाई गुगल लेन्स मार्फत तत्सम अनुवाद गर्न थ्री(फिंगर ट्रान्सलेट फिचरपनि दिइएको छ ।
ओपो एफ १९ प्रोमा उपभोक्ताको मागलाई दृष्टिगत गर्दै गोपनियता र सुरक्षाका लागि डाटा रिट्रिभ (पूणः प्राप्ति) तथा अनावश्यक ब्यक्तिको पहुँचबाट जोगाउन विशेष फिचर्सको ब्यवस्था गरिएको छ । फोन राखेको स्थान विर्सने तथा हराउने सम्भावना बोकेका मानिसका लागि यसमा ब्यक्तिगत मिडिया तथा फाइल्सका लागि ओपोको प्राइभेट सेफ सुविधापनि उपलब्ध छ ।
प्राइभेट सेफको माध्यमबाट हेट्याप क्लाउड एक्सेस गरी हराएको फोनमा रहेका आफ्ना ब्यक्तिगत डाटा पूणः प्राप्त गर्न सकिन्छ । परिवारजन वा साथी भाईलाई फोन दिनुपर्ने अवस्था हुँदा आफ्ना ब्यक्तिगत डाटाहरु तिनका पहुँच वा दृष्टिबाट सुरक्षित राख्न फोनमा एप लक फिचरको ब्यवस्था गरिएको छ । त्यसैगरी प्रोजेक्टर वा टीभी स्क्रिनमा फोन मिररिंग मार्फत सहकर्मीसंग प्रिजेन्टेशन शेयर गरिरहेको अवस्थानमा ब्यक्तिगत वा लाजलाग्दा म्यासेजहरु पप्अप हुनबाट जोगाउन स्क्रिनकास्ट प्राइभेसी शिल्डको ब्यवस्था गरिएको छ ।
समग्रमा एफ १९ प्रो शक्तिशाली रचनात्मक टूल हुनुका साथै यसले तिनका ब्यक्तिगत र “वर्क लाईफ” (कार्यगत जीवनशैली)को सुन्तुलनका लागि समेत विभिन्न फिचर्सहरु उपलब्ध गराएको छ ।
ओपो एफ१९ प्रो, फ्ल्यूड ब्ल्याक र फ्यान्ट्यास्टिक पर्पल गरी दूई आकर्षक रंगमा उपलब्ध छन् । ८ जीबी ¥याम र १२८जीबी सञ्चय क्षमता सहितको एफ १९ प्रोको मूल्य ४४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस