aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ बैशाख २०७८
थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा ३५५६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३४४२ जना र एन्टिजने परिक्षण गर्दा ११४ जना गरि जम्मा ३५५६ जना नयाँ संक्रमित थपिएका हुन् ।
              
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या तीन लाख ५६१ रहेको छ । संक्रमित मध्ये दुई लाख ७७ हजार ९५१ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २२ हजार ४३४ रहेको छ ।         

पछिल्लो २४ घण्टामा ३७८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या १२ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३१७६ पुगेको छ ।  
 

प्रतिक्रिया दिनुहोस