
काठमाडौं । अनलाइन मिडियालाई विज्ञापन बोर्डले नियमन गर्ने भएको छ । मिडियालाई सूचना विभाग र प्रेस काउन्सिलले नियमन गर्ने भएपनि अनलाइन मिडियालाई विज्ञापन बोर्डले पनि छुट्टै बर्गीकरण गर्ने भएको हो ।
आगामी चालु आर्थिकमा अनलाइन मिडियाका लागि चार करोड रुपैयाँ छुट्टयाउन भनेको विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले बताएका छन् । सोमबार इकोनोमिक मिडिया सोसाइटी (इम्शन)का पदाधिकारीसँगको छलफलमा उनले भने, 'हामी अनलाइन मिडियाका छुट्टै बर्गीकरण गछौं । त्यसको आधारमा लोककल्याणकारी विज्ञापनका लागि बजेट बठाएका छौं । तर, अर्थमन्त्रालयले यसलाई बजेटमा राखिदिन पर्यो । यदि यो बजेटमा रकम सहित राख्न सकियो भने सानो रकम भएपनि शुरुवात हुन्छ भन्नेमा म छु ।'
क्लिन फिड नीति सरकारले ल्याएका कारण विज्ञापन बोर्ड बनेको हुनाले अब विज्ञापन सँग सम्बन्धी सबै विषयमा बोर्डले चासो दिने उनले बताए । विज्ञापनको कन्टेन्टको अनुगमनदेखि बजार विस्तारसम्मको काम अब बोर्डले गर्ने उनले बताए ।
उनले भने, 'विज्ञापन ऐनको कार्यान्वयन गर्ने प्रमुख निकाय विज्ञापन बोर्ड नै हो । यो बोर्डलाई हामीले दुई किसिमले विभाजन गर्न सक्छौं । एउटा विज्ञापनको नियमन गर्ने नियमक निकाय हो । अर्को कार्यान्वयन । सरकार एउटा ठूलो विज्ञापनदाता पनि हो । सरकारले विज्ञापन गर्ने झण्डै आठ अर्ब रुपैयाँ कार्यान्वयन गर्ने निकाय यही विज्ञापन बोर्ड हो ।'
त्यसरी हेर्दा केही अत्यास र छटपटी लाग्ने कुरा छ मिडिया उद्योगको लागि । न्यु मिडिया मेन स्टिम मिडिया (अनलाइन) भएर आइसकेकाले यसलाई राज्यले नियमन गर्न र सञ्चारको सूचीमा राख्न ढिला भइसकेको छ । अनलाइन मिडिया विगत २३ बर्षदेखि अनबरतरुपमा मुलुकको सेवा गरिरहेको नयाँ क्षेत्र हो । अब राज्यले यस क्षेत्रलाई उचित सम्बोधन गर्नुपर्ने बेला आएको मैले देख्छु ।
मिडिया हाउसभित्र विज्ञापन मात्रै आम्दानी हुनुपर्ने र सोही आधारमा खर्च देखिनुपर्ने पारदर्शीता नभएकाले अब भने मिडिया हाउसमा भएको खर्चको पनि पारदर्शिता खोजीने उनले बताएका छन् । उनले भने, 'सुशासन कायम नभई नेपालको मिडिया उद्योग पनि सुधार हुन सक्दैनन् । सरकारी मिडियामा त सुशासन कायम नगरी सुखै छैन् । हामी पब्लिक अडिटिङसम्म जानुपर्छ । तर निजी मिडियाको हेर्ने हो भने सुशासनको अवस्था धेरैमा कमजोर नै छ । त्यो भएकाले हामीले पठाउने पैसाको पारदर्शीता हामी हेर्छौं ।'
क्लिन फिडलाई प्रभावकारी रुपमा कार्यान्वय गराउनु भनेको यहाँ टेलिभिजन मात्र बुझेका छन तर, सोसियल मिडियामा अहिले विदेशी विज्ञापन आइरहेको छ यो पनि क्लिन फिडले नै हेर्ने विषय हो यो यहाँका मिडिया सञ्चालक वा सोसियल मिडिया प्रयोगकर्ताले नबुझेको उनको आरोप छ ।
नेपाली उद्योगलाई प्रोत्साहान गर्नका लागि क्लिन फिडले ठूलो मद्दत पुग्ने उनले बताए । उनले भने, 'विदशी कम्पनीले नाफा गरिरहेका छन् तर अब विज्ञापन बोर्डले चाडै नीति बनाएर विदेशी होस वा स्वदेशी उद्योग नाफाको कम्तिमा निश्चित प्रतिशत रकम प्रमोसनमा खर्च गर्नै पर्ने नीति ल्याउँदै छौं ।'
प्रतिक्रिया दिनुहोस