
काठमाडौं । कोरोना भाइरसका लागि परिक्षणमा रहेका धेरै खोपहरु प्रारम्भिक रुपमा धेरै मानिसलाई लगाइरहेका छन् । तर, ती खोप उत्पादक कम्पनीहरुले परिक्षणकालमा रहेकाले खोप कस्ता व्यक्तिहरुले लगाउन हुँदैन भनेर आफ्नो फ्याक्टसिटहरुमा सूचना जारी गरेका छन् ।
खोप लगाएका धेरै मानिसहरुको मृत्यु समेत भएकाले यो खोपका बारेमा धेरै डर र क्रास पनि सँगसँगै आइरहेका छन् । त्यसमा विश्वमा धेरैले लगाइरहेको कोभ्याक्स र कोभिसिल्डका तर्फबाट जारी गरेको फ्याक्टसिटले कस्ता व्यक्तिहरुले खोप लगाउन हुँदैन भनेर सूचना जारी गरेको छ ।
कोभ्याक्सीनको निर्माता कम्पनी भारतीय बायोटेकले जारी गरेको फ्याक्टसिटमा भनेको छ, कसैलाई भ्याक्सिनमा समावेश गरिएका कुनै पनि इन्ग्रिडिेन्टहरु जस्तै एल–हिस्टिडाइन, एल–हिस्टिडाइन हाइड्रोक्लोराइड मोनोहाइड्रेट, डिस्डियम एसीटेट डायहाइड्रेट कोभाक्सिन वा कोभिल्डमा प्रयोग भएका इन्ग्रिडिेन्टहरुसँग इलर्जी छ भने खोप लगाउन हुदैन ।
यदि पहिलो खोप लगाउँदा कुनै अनौठो रियाक्सन आएको छ भने यसले पनि खोप लगाउन हुँदैन । कोरोनाको लक्षण रही उच्च ज्वरो आइरहेका बेलामा पनि खोप नलगाउन सूचनामा भनेको छ । जो कोहिले पनि अन्य खोप लिनुभएको छ भने कोभ्यक्स लिन हुँदैन ।
फ्याक्टसिटमा गर्भवती र दूध खुवाइरहेका महिलाले पनि यो खोप लगाउन नहुने उक्त फ्याक्टसिटमा उल्लेख गरिएको छ । ज्वरो, व्लिडिंग डिसअडर वा ब्लड थिनर्स भएकाले पनि कोभ्याक्स लगाउन सल्लाह दिइएको छ । अरु जस्तै कोहिले इम्युन सिस्टमलाई प्रभाव पार्नका लागि कोहि अरु औषधि लिइरहनु भएकले पनि यो खोप लगाउन हुँदैन ।
प्रतिक्रिया दिनुहोस