aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पोखरेलको क्यानमा नियुक्तिले आइकाओको कालो सूची हटाउन के गर्लान ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
पोखरेलको क्यानमा नियुक्तिले आइकाओको कालो सूची हटाउन के गर्लान ?

काठमाडौं । सरकारले नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशमा राजन पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार भएको बैठकले पोखरेललाई प्राधिकरणको महानिर्देशक पदमा नियुक्त गरेको हो । 

 पोखरेलले हवाई सुरक्षा र पूर्वाधार निर्माणका साथै समग्र उड्डयन उन्नयममा कटिबद्धताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे  । उनले वायुसेवा प्रदायक कम्पनीसँग सहकार्य गर्दै नेपालको उडड्यन सुरक्षालाई निरन्तर सुधारका साथै निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा आन्तरिक विमानस्थलको सुदृढिकरण आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे ।

महानिर्देशक पोखरेलले युरेपी सङ्घ ९इयू० को उडान सुरक्षा सस्ची हटाउन, नेपालको उड्डयन सुरक्षामा उपलब्ध परिणामलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाउन, नागरिक उड्डयनको संस्थागत सुधार प्रमुख चुनौती भएको बताए ।

विसं २०४७ मा तत्कालीन हवाई सेवा विभागबाट राजपत्राङिकत तृतीय श्रेणी ९प्राविधि सेवा ०मा सेवा प्रवेश गरेका  पोखरेलसँग नागरिक उड्डयन सुरक्षासँग विशेष अनुभव छ । यसअघि पोखरेल नागरिक उड्डयन सुरक्षा नियमन निर्देशनालयको उपमहानिर्देशको पदमा कार्यरत थिए । उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० को उडान सुरक्षा अडिट कार्यक्रमको नेपालको राष्ट्रिय संयोजकका रुपमा काम गरेका थिए । 

पोखरेलले आइकाओले नेपाललाई राखेको गम्भीर सुरक्षा चासोयुक्त मुलुकको सूचीबाट हटाउन र नेपालको उडान सुरक्षामापदण्ड सिफारिस तथा मार्गदर्शन परिपालनको अवस्थालाई आइकाओबाट निर्धारित ६० प्रतिशतको दर भन्दामाथि राखी ६७ प्रतिशत पुर्याउन योगदान गरेका थिए । सोही आधारमा नेपालले आइकाओ काउन्सिल प्रसिडेन्सियल सर्टिफिकेट समेत प्राप्त गरेको थियो ।

पोखरेलको एयर ट्राफिक कन्ट्रोलर, विमानस्थल प्रमुख, हवाई कानुन, हवाई सम्झौता, दुर्घटना जाँच, उड्डयन सुरक्षा नियमनमा अनुभव रहेको छ । वि।स। २०२१ मा बर्दियाको गुलरियामा जन्मिएका पोखरेलले व्यवस्थापन विषयमा एमबिए गरेका छन् । उनले उडान सुरक्षा, विमानस्थल सुरक्षा अन्तर्राष्ट्रिय हवाई कानूनलगायत तालीम प्राप्त गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस