aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

थपिए ४५२४ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ बैशाख २०७८
थपिए ४५२४ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा ४५२४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४३६४ जना र एन्टिजने परिक्षण गर्दा १६० जना गरि जम्मा ४५२४ जना नयाँ संक्रमित थपिएका हुन् ।               

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या तीन लाख ७ हजार ९२५ रहेको छ । संक्रमित मध्ये दुई लाख ७८ हजार ५०६ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २६ हजार २२५ रहेको छ ।       
  
पछिल्लो २४ घण्टामा ५५५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या १८ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३१९४ पुगेको छ ।   
 

प्रतिक्रिया दिनुहोस