
काठमाडौं । नयाँ स्टार्टअपको रुपमा युवा सफ्टवेयर इन्जिनियरहरुले शुरु गरेको कम्पनी नियो डिजिटल प्रालिले मोबाईल भर्सनमा नयाँ गेम लन्च गरेका छन । ‘ब्रामो’ नामको यो गेम 3D RPG मोडेलमा नेपाल में प्रथम पटक प्रारम्भ गरेको कम्पनीका संचालक तथा निर्माता रितेश भट्टराईको दावी छ । भखरै हाई स्कुल लेभल उतिर्ण यूवा प्रतिभा युमिस निरौलासंग मिलेर यो गेम बनाउन एक वर्ष भन्दा बढी समय लागेको छ ।
कुनै गाउँमा राक्षसहरुले आक्रमण गर्न आउँदा ब्रामो नामको साहसी यूवाले कसरी गाउले र गाउँको रक्षा गर्छन भन्ने कथामा यो गेम आधारित छ । नेपालमा मोबाईल गेम बनाउने थुप्रै फ्रिलान्सर र डेभलपर भए पनि रोल प्लेइङ्ग मोडलमा मोबाइल भर्सनमा यो नै पहिलो पटक लन्च भएको हो। ब्रामोको प्रारम्भ संगै नेपालमा मोबाइल गेम निर्माणमा ठुलो सघाउ पुऱ्याउने कम्पनीका संचालक रितेश भट्टराईको विश्वास छ ।
अन्तराष्ट्रिय स्तरमा पब्जी र फोर्टनाइट जस्ता गेमको प्रभाव रहेको बेला यूवा युवतिले यो गेम मन पराउने विश्वास लिइएको छ । गएको महिना उपभोक्ता मूखि पेशा व्यवसायको लागि कस्टुमर रिलेशनसिप मेनेजमेन्ट(सिआरएम) सफ्टवेयर सार्वजनिक गरेको नियो डिजिटलले छिट्टै केटाकेटीको लागि भनेर आकर्षक शैक्षिक गेम ल्याउने योजना बनाएको कम्पनीले जनाएको छ । प्ले स्टोरमा राखि सकिएको यो गेम निशुल्क डाउनलोड गरी जोसुकैले खेल्न र आन्नद लिन सकिने समेत जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस