काठमाडौं । नेपालमा ४८९७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४७७४ जना र एन्टिजने परिक्षण गर्दा १२३ जना गरि जम्मा ४८९७ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका संक्रमित मध्ये भक्तपुरमा २३२ जना, ललितपुरमा ३१५ जना र काठमाडौंमा १४६४ जना गरि जम्मा २०४७ जना रहेका छन् । यससंगै देशभर सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ भने कोरोनाबाट निको हुनेको दर ८९.३ प्रतिशत छ।
प्रतिक्रिया दिनुहोस