aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

उपत्यकामा थप २०४७ जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ बैशाख २०७८
उपत्यकामा थप २०४७ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप २०४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भक्तपुरमा २३२ जना, ललितपुरमा ३१५ जना र काठमाडौंमा १४६४ जना गरि जम्मा २०४७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।    

यससंगै आज नेपालभर  ४८९७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४७७४ जना र एन्टिजने परिक्षण गर्दा १२३ जना गरि जम्मा ४८९७ जना नयाँ संक्रमित थपिएका हुन् ।                 

प्रतिक्रिया दिनुहोस