
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार ‘सङ्कटकालीन’ पूर्व अभ्यासमा व्यस्त थियो । विमानस्थल ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गरिरहदा विमान स्थल पूरै संकटकालिन अबस्था जस्तो देखिन्थ्यो ।
विमान स्थलमा नेपाल नागरिक उड्डययन प्राधिकरणले संकटकालिन अबस्थाको अभ्यास नियमित गर्दै आएको सोहि सेड्यूअल अनुसार नै रिमोट पार्किङ बेमा उक्त अभ्यास गरिएको हो ।
फुल स्केल एमर्जेन्सी एक्सरसाइजु का लागि विमानस्थलले काल्पनिक विमानस्थल एलोन एयरपोर्टु र काल्पनिक जहाजुनेपाल वायुसेवा निगमको बोइङ ७५७ गण्डकी विमानस्थल जानका लागि दिउँसो ३:१८ बजे ट्याक्सी वेबाट रनवेमा जान तयार हुन्छ।
एक सय यात्रु बोकेको जहाजमा बम रहेको संकेत आएपछि विमानस्थलमा रहेका कुनैपनि जहाजलाई असर नपार्ने उद्धेश्यले रिमोट पार्किङ बेमा ल्याएर राखिन्छ। जहाजलाई बे मा तानेर रिमोट पार्किङमा ल्याएपछि मेडिकल टिमलाई इमर्जेन्सी तयार पारिन्छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार गरिने योजनावद्ध अभ्यास मात्रै हो। यस्तो अभ्यासले सम्वन्धित निकायका जनशक्तिको क्षमता बढाउन सहयोग पुग्ने गरेको छ । नेपालको विमान स्थल पनि विश्वका खतरापूर्ण विमान स्थलको सूचीमा पर्ने गरेको छ । जसका कारण अन्तर्राष्ट्रिय नागरिक उडड्यनले नेपाललाई हवाइ क्षेत्रमा खतरापूर्ण भएको देशको सूचीमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस