
एजेन्सी । विश्व अर्थतन्त्र कोरोनाको चपेटामा छ । तर, विश्वका सर्वाधिक धनीहरूको सम्पत्ति थपिने क्रम भने रोकिएको छैन । आईफोन निर्माता एप्पल कम्पनीले केही दिन अघि सार्वजनिक गरेको दोस्रो त्रैमासको रिपोर्टमा अत्यधिक नाफा कमाएको देखिएको छ ।
यसअघि यस्तै रिपोर्ट सार्वजनिक गर्ने नेटफ्लिक्स र माइक्रोसफ्टको भने उत्साहप्रद नाफा थिएन । तर, गुगल र फेसबुकको कमाइ भने लोभलाग्दो नै देखिएको थियो । उता, अमेजनको भने आजभोलि नै क्वाटर्ली रिपोर्ट सार्वजनिक हुँदैछ ।
टिम कुकको कम्पनी एप्पलले एउटा त्रैमासमा लगभग एक सय बिलियन डलर नाफा कमाएको छ । यसको रिपोर्टमा उल्लेख भए अनुसार आईफोनको कमाई मात्रै ४७.९४ बिलियन छ । भर्खरै आई फोन १२ सार्वजनिक गरेको यस कम्पनीले आईफोनबाट अघिल्लो वर्ष भन्दा ६६ प्रतिशत बढी कमाई गरेको हो ।
आफ्नो पूर्व अनुमानमा समेत आईफोनबाट ४१.४९ बिलियन मात्रै कमाई हुने अनुमान गरेको यो कम्पनीले कुल मुनाफा नै पनि अघिल्लो वर्ष भन्दा दुई गुणाले बढाएको छ । अघिल्लो वर्ष ११.२५ बिलियन यस्तो नाफा रहेकोमा अहिले २३.६ बिलियन डलर रहेको देखिन्छ ।
एप्पलले म्याकबाट ९.१० बिलियन कमाई गर्दा आई प्याडले भने ७.८१ बिलियन आम्दानी गरेको छ । यसले प्रवाह गर्दै गरेको सर्भिस क्षेत्रबाट मात्र १६.९० बिलियन कमाउँदा चीनबाट मात्रै १७. १७ बिलियन डलर आम्दानी गरेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस