
काठमाडौं । नेपालमा ४९२८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४८३१ जना र एन्टिजने परिक्षण गर्दा ९७ जना गरि जम्मा ४९२८ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या तीन लाख १७ हजार ५३० रहेको छ । संक्रमित मध्ये दुई लाख ८० हजार १६७ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३४ हजार ११७ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८८८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३५ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस