aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

कोभिडविरुद्धको स्पुतनिक भी खोप उपलब्ध गराउन रूस सकारात्मक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ बैशाख २०७८
कोभिडविरुद्धको स्पुतनिक भी खोप उपलब्ध गराउन रूस सकारात्मक
तस्वीर:रासस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसी महासंघका राजदुत अलेक्सेइ नोभिकोभले आज भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जनाएका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रूसबाट खरीद गर्ने क्रममा रहेको कोभिडविरुद्धको खोप ९स्पुतनिक भी० तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदुत नोभिकोभलाई आग्रह गरेका थिए । 

राजदुत नेभिकोभसहितका प्रतिनिधिले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका थिए। भेटमा दुईपक्षीय सम्बन्धका अन्य आयामका साथै दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई थप गति दिन बारे पनि छलफल भएको थियो । 

प्रतिक्रिया दिनुहोस