aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

पूर्व महारानीलाई प्लाज्मा थेरापीबाट उपचार गरिदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ बैशाख २०७८
पूर्व महारानीलाई प्लाज्मा थेरापीबाट उपचार गरिदै

काठमाडौं । कोरोना संक्रमित पूर्वमहारानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई यो विधिबाट बिहीबार साँझदेखि उपचार थालिएको हो ।  

उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । आज पनि उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।   

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । 

पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन । उनीहरु तीनैजना गत शनिवारदेखि अस्पतालमा भर्ना भएका हुन् । 
 

प्रतिक्रिया दिनुहोस