aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

कोभिड खोपको एक मात्राले मात्रै पनि सङ्क्रमण आधा घटाउने अध्ययनको निष्कर्ष

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ बैशाख २०७८
कोभिड खोपको एक मात्राले मात्रै पनि सङ्क्रमण आधा घटाउने अध्ययनको निष्कर्ष

एजेन्सी । कोरोना भाइरस खोपको एउटै मात्राले घरभित्र हुने सङ्क्रमण दरलाई आधासम्म घटाउन सक्ने एउटा अध्ययनले देखाएको छ।फाइजर वा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइएका र त्यसको तीन हप्तापछि सङ्क्रमित भएका व्यक्तिले खोप नलगाएका व्यक्तिलाई भाइरस सार्ने सम्भावना ३८ देखि ४९ प्रतिशतसम्म कम रहने पब्लिक हेल्थ इङ्गल्यान्ड पीएचईले जनाएको छ।

सो निष्कर्ष खोप लगाएको लगभग १४ दिनपछि त्यसले दिने सुरक्षामाथि गरिएको अध्ययनको भएको पीएचईले जनाएको छ। पीएचईका अनुसार दुईमध्ये कुनै एक खोप लगाएको व्यक्तिलाई पहिलो मात्रा खोप लिएको चार हप्तापछि लक्षणसहित सङ्क्रमण देखिने जोखिम ६० देखि ६५ प्रतिशतले कम देखिएको छ।कोभिड-१९ अरूलाई सर्ने सम्भावनालाई कम गरेर खोपले थप प्रभाव देखाइरहेको पीएचईको भनाई छ ।

घरलाई सङ्क्रमणको उच्च जोखिम क्षेत्र मानिन्छ। पछिल्लो अध्ययनले खोपले सङ्क्रमण थप फैलन रोक्ने प्रारम्भिक प्रमाण उपलब्ध गराएको पीएचईको भनाइ छ।यस्तै नतिजा सङ्क्रमणको जोखिम रहेका जेल वा संयुक्त आवास जस्ता अरू साझा आवास क्षेत्रमा पनि अपेक्षा गर्न सकिने पीएचईको भनाइ छ।

युनिभर्सिटी अफ वारविकका सङ्क्रामक रोग विशेषज्ञ माइक टिल्डिसलेले पछिल्लो निष्कर्ष महत्त्वपूर्ण रहेको र मानिसहरूले खोपलाई स्वीकार गर्नुपर्ने बताए।उनी भन्छन्,'हामीले यी खोपहरू गम्भीर प्रकारका लक्षणहरू रोक्न वा तपाईँलाई हुनसक्ने सङ्क्रमण नियन्त्रण गर्न शतप्रतिशत सुरक्षित छैनन् भन्ने सम्झनुपर्छ।'

तर प्रमाणहरूले उनीहरूले यदि तपाईँ सङ्क्रमित भइहाल्नुभयो भने पनि अरूलाई भाइरस सर्ने जोखिम केही कम हुने देखाइरहेको छ।उनले गम्भीर खालका लक्षणको जोखिम नरहे पनि धेरै व्यक्तिहरूलाई खोप लगाउनुपर्ने थप प्रमाण पछिल्लो अध्ययनले दिएको बताए।

त्यसबाट ठूलो जनसङ्ख्यालाई सुरक्षा दिन सकिने र कोभिड-१९ का कारण गम्भीर रूपमा बिरामी पर्ने र ज्यान गुमाउने मानिसको सङ्ख्या कम हुने उनको भनाइ छ। विज्ञहरूले अहिलेका खोपहरूले विशेष गरी गम्भीर प्रकारका बिरामीहरूमा उल्लेख्य सुरक्षा प्रदान गर्ने बताइरहेका छन्। ऐजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस