aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

भक्तपुरले गर्न थाल्यो पीडितको खोजी, २४ सै घण्टा अक्सिजन सहितको कोभिड भवन स्थापना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ बैशाख २०७८
भक्तपुरले गर्न थाल्यो पीडितको खोजी, २४ सै घण्टा अक्सिजन सहितको कोभिड भवन स्थापना

काठमाडौं । निषेधाज्ञाको समयमा भक्तपूर नगरपालिकाभित्र समस्यामा पर्नेहरुको तथ्यांक संकलन गर्न थालेको छ । भुक्तपुर नगरपालिका भित्र मजदुरी गर्ने वा अन्य कारणले समस्यामा परेका व्यक्तिहरुको तथ्यांक संकलन गर्न लागेको हो । भक्तपुर नगरपालिकाले यो निषत्रधाज्ञामा गएको वर्षको लकडाउन भन्दा फरक तरिकाले काम गर्न लागेको भक्तपूर नगरपालिकाका वडा नं. ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वोले बताएका छन् ।  

“दैनिक ज्यालादारी काम गर्न निषेध गरिएको छैन, अहिले मलाई कोरोनाको बेला जोखिममा परेकाको अवस्था र तिनीहरुको तथ्याकं संकलनको जिम्मा अर्थात संयोजकको भुमिका नगरपालिकाले सुम्पिएको छ । त्यसैले हाम्रो पहिलो चरण तिनीहरुको तथ्याकं संकलन गर्ने रहेको छ र वडा वडामा त्यो काम भइरहेको छ उनले भने ।”

अध्यक्ष रविन्द्र ज्याख्वोका अनुसार अहिले पुरानो मोडेलबाट जाने तयारी नभएपनि निषेधाज्ञामा नगरपालिका भित्र आइपर्ने समस्या समाधानका लागि तयार रहेको छ  । ठूलो समुहमा बस्न र भेला हुन नपाउने मात्र भएकाले लकडाउन जस्तो ठूला समस्या आइनपर्ने वडा नं. ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वोको भनाइ छ । 

निशेधाज्ञाको समयमा पनि नगरपालिकाले निमार्णसँग सम्बन्धित र दैनिक ज्यालादारीसँग सम्बन्धीत काम निरन्तर अगाडि बढिनै रहेको अध्यक्ष ज्याख्वोले जानकारी दिए । गत वर्षको लकडाउनको बेला खाद्य साम्रगी वितरण गरे जस्तै अहिले निषेधाज्ञाको समयमा खाद्य सामग्री वितरण नगर्ने बताए । अहिले छोटो समयको लागि नगरपालिकाले नै कामको व्यवस्था मिलाउने र पाश्रमिक व्यवस्था समेत गरिरहेको अध्यक्ष ज्याख्वोले बताए । 

यदि कुनै मान्छे दैनिक ज्यालादारी काम गर्न नसक्ने अवस्था र निषेधाज्ञाको समय अफ्ठ्यारो परिस्थितीमा छ भने उनीहरुको लागि खाद्य सामग्री लगायत अन्यको व्यवस्था भने मिलाउने तयारीमा रहको उनले जानकारी दिए  । उनले भने, ‘हाम्रो नगरपालिको अभियान भनेको भोकै कोही पनि नमरोस् र काम गर्न सक्नेलाई काममा लगाएर खान खुवाउन सकिन्छ भने गरौं भन्ने हो । 

त्यस्तै, भक्तपुर नगरपालिकाले आफ्नै स्रोतमा आजबाट ५० शैयाको आइसुलेसन र २५ शैयाको हाइडिपेन्डेन्सी युनिट(एच्डियू) भएको कोभिड भवन सञ्चालनमा ल्याउने भएको उनले बताएका छन । जुन भक्तपूर नगरपालिका वडा नं. ९ व्रमाहणी रहेको वौद्धिश्व भवन आजबाट संचालनमा ल्याउन लागेको हो ।

उक्त कोभिड भवनमा २४ सै घण्टा अक्सिजन दिन पर्ने संक्रमितको लागि व्यवस्था मिलाएको अध्यक्ष ज्याख्वोले जानकारी दिए । कोरोना संक्रमितका लागि भने वडा कार्यालयबाट स्वास्थ्य सम्बन्धि सामाग्री, खाद्य, औषधी लगायत अन्य सेवा नगरपालिकाले सहयोग गर्ने उनले बताएका छन ।  

प्रतिक्रिया दिनुहोस