aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ बैशाख २०७८
गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

काठमाडौं । गायक प्रकाश सपुतको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । उनले सामाजिक संजालबाट आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् । 

उनले समाजिक सञ्जालका लेखेका छन्, ‘काठमाडौं मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला ।’ 

उनले थप लेखेका छन्, ‘एकदमै धेरै शरिर दुख्ने, गल्ने, छटपटि हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशुलेशनमामा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौँ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ ।’ 

प्रतिक्रिया दिनुहोस