aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

अक्सिजन बढाउने घरेलु विधि कति सही, कति गलत ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ बैशाख २०७८
अक्सिजन बढाउने घरेलु विधि कति सही, कति गलत ?

एजेन्सी। कोरोनाको दोस्रो लहरले मुलुकको स्वास्थ्य सेवा प्रणालीलाई ध्वस्त पार्दै छ । ठुलो सङ्ख्यामा मानिसहरूलाई तत्काल उपचारको आवश्यकता छ। यसै बेला सामाजिक सञ्जाल र इन्टरनेटको माध्यमबाट कोरोनालाई तह लगाउन अनेकौँ सल्लाह दिनेहरू छ्यापछ्याप्ती देखिन थालेका छन्। 

कोभिड-१९ को उपचार र शरीरमा अक्सिजनको स्तर कसरी बढाउने भनेर देखाउँदै सोसल मिडिया प्लेटफार्ममा यी दिनहरूमा घरेलु उपचार विधिको बाढी नै आएको छ।

अक्सिजनको कमीका कारण कोरोना सङ्क्रमितको ज्यान जान थालेपछि शरीरमा अक्सिजन बढाउने अनेकौँ विधिहरू अहिले फेसबुक र अन्य सामाजिक सञ्जालमा देखिंदैछन्।  बीबीसी हिन्दीले यस्ता केही तथ्यहीन तर आम मानिसले पत्याइरहेका घरेलु विधिको प्रभावकारिता बारे एक रिपोर्ट लेखेको छ।  

उनले रिपोर्टमा लेखेको छ- अक्सिजन संतृप्ति स्तर वृद्धि गर्न मानिसहरूलाई यस्तो घरेलु उपचार बताइँदै छ जुन कुनै पनि प्रभावकारी हुँदैन। आफू डाक्टर भएको दाबी गर्ने एक व्यक्तिको भिडियो सोसल मिडियामा एकदम चाँडो भाइरल भयो। जसमा उनले नेबुलाइजरले अक्सिजन सिलिन्डरको रूपमा काम गर्न सक्छ भन्ने दाबी गरेका छन्। 

खासमा नेबुलाइजर एक मेसिन हो जसको माध्यमबाट बिरामीले सास तान्छ र औषधी शरीरमा पुर्‍याउँछ। औषधि स्प्रेमा रूपान्तरण हुन्छ र बिरामीले सास फेर्छन्। तर, ती व्यक्तिले भनिरहेका छन्, "हाम्रो वातावरणमा यथेष्ट अक्सिजन छ र नेबुलाइजरले यसलाई तपाईँको शरीर भित्र पठाउन सक्छ। तपाईँलाई आक्सीजन लिनका लागि नेबुलाइजर चाहिन्छ।"

तर, चिकित्सकहरूले यो कुरा अस्वीकार गरिरहेका छन्। उनीहरूले स्पष्ट पारेका छन् कि  नेबुलाइजरबाट अक्सिजन लिन सकिन्छ भन्ने कुनै प्रमाण वा वैज्ञानिक अध्ययन छैन। चिकित्सा विशेषज्ञहरूले यो पनि भने कि यो प्रविधि थप अक्सिजन प्रदान गर्न थोरै पनि प्रभावकारी हुँदैन।

मसलाको तेल, कपुरलाई समेत अक्सिजन बढाउने बस्तुको रूपमा व्याख्या गरिएको पाइन्छ। जबकि तथ्य यो हो कि कपूरलाई सामान्यतया छालाको क्रिम र मलमको रूपमा प्रयोग गरिन्छ यदि शरीरको भित्र लिइन्छ भने यो घातक हुन सक्छ। अमेरिकाको रोग नियन्त्रण केन्द्रले चेतावनी दिएको छ कि कपुरको बाफ शरीर भित्र गएपछि विषाक्त हुन सक्छ।

भारतमा एक वरिष्ठ राजनीतिज्ञ र उद्यमीले हालसालै दाबी गरे कि नाकको दुवै प्वालमा कागतीको दुई थोपा रस लगाउँदा शरीरमा अक्सिजन संतृप्ति स्तर बढ्छ।विजय संकेश्वर नामका यी राजनीतिक नेताले उनले कम अक्सिजन स्तर भएका आफ्ना सहकर्मीहरूलाई यो नुस्खा प्रयोग गर्न लगाएको बताएका थिए।

उनले दाबी गरे, "यो नुस्खा प्रयोग गरिसकेपछि यी सहयोगीहरूको अक्सिजन स्तर ८८ प्रतिशतबाट बढेर ९६ प्रतिशत पुगेको छ।'' उनले यो पनि दाबी गरेका छन् कि भारतको असी प्रतिशत अक्सिजन समस्या यस नुस्खाबाट उन्मूलन हुनेछ। तर, अक्सिजन स्तर सुधार्न यस विधिको भूमिकाको कुनै वैज्ञानिक प्रमाण छैन।

उता योग गुरु रामदेवकोअक्सिजन बढाउने 'जादु' ले पनि धेरैलाई अलमल्याई रहेको छ। लोकप्रिय योग गुरु रामदेव आफ्नो युट्युब च्यानलको भिडियोमा मानिसहरूलाई घरैमा बसिरहेको बेला कसरी अक्सिजनको स्तर बढाउने भनेर सिकाइरहेका छन्। सो भिडियोमा उनी भन्छन्, "देश अहिले  अक्सिजनका लागि रुँदै छ।" आफ्नो औँलाबाट रगत निकालेर अक्सिजन स्तर जाँच गर्ने उपकरणमा छेक गर्दै उनी भन्छन्, 'म तपाईँलाई जादु देखाउँछु।'

यस पछि उनी केही सास सम्बन्धी व्यायाम देखाउँदछन्। रामदेव आसनमा बसेर पहिले केही समयको लागि सास फेर्छन् र रगतको अक्सिजन सुरक्षित मानिएको स्तरभन्दा तल झरेको देखाउँछन्। त्यस पछि उनी भन्छन्, "अक्सिजन तल जान २० सेकेन्ड लाग्नेछ। लामो सास लिनुहोस् र दुई पटक अक्सिजन तपाईँको रगतमा आउनेछ किनभने वातावरणमा पर्याप्त अक्सिजन छ।"

सामान्यतया योग गर्नु स्वास्थ्यको लागि राम्रो हुन्छ, तर डब्ल्यूएचओ भन्छ कि जब कोभिड १९ जस्ता स्वास्थ्य कारणहरूले गर्दा शरीरमा अक्सिजन संतृप्ति स्तर कम हुन्छ, यो बाहिरबाट दिनु पर्दछ। त्यो हो, पूरक मेडिकल अक्सिजनको आपूर्ति।

डब्ल्यूएचओका डा. जेट डियाज भन्छन्, "यदि बिरामीको शरीरमा अक्सिजनको स्तर कम छ र अवस्था लामो समयसम्म यस्तै छोडियो भने भने शरीरका कोषहरू स्वचालित ढङ्गले काम गर्न बन्द गर्छन्। यस अवस्थामा चिकित्सा अक्सिजनले मात्र जीवन बचाउन सक्छ।''

प्रतिक्रिया दिनुहोस