
काठमाडौं । स्वास्थय तथा जनसंख्या मन्त्रालयले २२ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो भएको बताएको छ । मन्त्रालयले शुक्रबार सर्वसाधरणमा एक अपिल जारी गर्दै कोरोनाको संक्रमण नेपालमा निकै तिव्र गतिमा फैलिरहेको जनाएको हो ।
मन्त्रालयद्धारा जारी अपिलमा भनिएको छ, ‘कोरोना संक्रमणका हिसावले नेपालका अति प्रभावित जिल्लाहरु मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रुपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण फैलने दर निकै डरलाग्दो गरी बढीरहेको छ ।’
स्वास्थय प्रणालीले थेग्नै नसक्नेगरि संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालको शैया उपलब्ध गराउन नसकिने भइसकेको मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न पनि सर्वसाधरणमा असिपल गरेको छ ।
प्रतिक्रिया दिनुहोस