
काठमाडौं । नेपालमा ५७३७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५६५७ जना र एन्टिजने परिक्षण गर्दा ७० जना गरि जम्मा ५७२७ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या तीन लाख २३ हजार १८७ रहेको छ । संक्रमित मध्ये दुई लाख ८१ हजार ९५ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ९२८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३३ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३२७९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस