
काठमाडौं । कोभिड–१९ को महामारीका कारण उपत्यकाका थोक तरकारी तथा फलफुल बजारहरु र विमान स्थलबाट कोरोना सर्ने खतरा बढेको छ ।छन् । खाद्यान्न तथा तरकारी पसलहरू दिनमा दुई पटक खोल्न दिइने भएपछि तरकारी तथा फलफूल बजारहरूमा बिहान र बेलुका एक्कासि भीड बढ्दा त्यहाँ कोरोना सर्ने जोखिम बढेको छ । त्यस्तै, आन्तरिक र वाह्य विमान स्थलमा देखिएको भिडले राजधानीमा कोरोना ल्याइरहेको देख्न सकिन्छ ।
खुद्रा पसलका लागि तरकारी तथा फलफूल खरिद गर्न थोक बजार कालीमाटी, बल्खु, बानेश्वर, तीनकुने, बागबजार टुकुचा र काडाँधारी लगायतका ठाउँमा जाने गरेका छन् त्यसले गर्दा बिहान त्यहाँ अत्यधिक भीड हुने गरेको छ ।
थोक बजार पनि अघि पछिभन्दा सीमित समयसम्म खुल्ने भएकाले उपभोक्ताको भीड अत्यधिक हुने गरेको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेले तरकारी बजारमा अत्यधिक भीडका कारण जोखिम बढेको बताए ।
त्यस्तै विमान स्थलमा देखिएको भिडका कारण कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले आन्तरिक हवाई सेवा बन्द गर्न सिफारिस गरिसकेको छ । त्यस्तै, अन्तराष्टिय विमान स्थलमा आफ्न्त लिन जाने स्थान र ट्याक्सी पार्कमा देखिएको भिडका कारण कोरोनो संक्रमण राजधानीका विभिन्न कुनामा पुग्ने खतरा देखिन्छ ।
प्रतिक्रिया दिनुहोस