aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

थपिए ७२११ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ बैशाख २०७८
थपिए ७२११ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा ७२११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७१३७ जना र एन्टिजन परिक्षण गर्दा ७७ जना गरि जम्मा ७२११ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका संक्रमितमध्ये भक्तपुरमा ३०१ जना, ललितपुरमा ५५० जना र काठमाडौंमा २७४४ जना गरि जम्मा ३५९५ जना उपत्यकाका मात्रै रहेका छन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या तीन लाख ३६ हजार ३० रहेको छ । संक्रमित मध्ये दुई लाख ८३ हजार ९९४जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ४८ हजार ७११ रहेको छ ।      

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ भने १६१२ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार हाल नेपालमा संक्रमण मुक्त हुने दर ८४.५१ प्रतिशत रहेको छ । 

               

प्रतिक्रिया दिनुहोस