aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ बैशाख २०७८
पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण

काठमाडौं । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ । आइतबार पीसीआर परीक्षण गर्दा ढकाललाई कोरोना पोजेटिभ देखिएको हो । 

उनीसंगै उनकी पत्नी इन्दिरा फूयाँलमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले उनीहरु निवासमै आइसोलेसनमा रहेको मन्त्री ढकालले संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत् गराएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ। धन्यवाद।’ 

प्रतिक्रिया दिनुहोस