aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

अब डाक्टरी पढ्ने सबै विद्यार्थीलाई कोरोना उपचारमा खटाईने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ बैशाख २०७८
अब डाक्टरी पढ्ने सबै विद्यार्थीलाई कोरोना उपचारमा खटाईने

काठमाडौं । कोरोना संक्रमितको संख्या थेग्न नसक्नेगरि बढ्न थालेपछि सरकारले डाक्टरी पढ्दै गरेका सबै विद्यार्थी तथा शिक्षकहरुलाई उपचारमा खटाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णय सार्वजनिक गर्दै मेडिकल कलेजहरुलाई र विश्व विद्यालयहरुलाई यस्तो व्यवस्था मिलाउन भनेको हो । 

अब यसअघि पीसीआर परिक्षणमा लगाउँदै आएका बन्देजहरु पनि स्वास्थ्य मन्त्रालयले खोलेको छ । विदेश जानेहरु पीसीआर परिक्षण गर्न केहि निश्चित अस्पतालहरुको नाम सहितको सूची नै सार्वजनिक गरेको मन्त्रालयले अब न्युनतम एक सय बेड भएका अस्पतालमा आधारित रहेका पीसीआर परिक्षण केन्द्रलाई समेत विदेश जानेको पीसीआर गर्न अनुमति दिएको छ । 

त्यसैगरि, मन्त्रालयले ए वर्गमा पर्ने सबै प्रयोगशालाहरुको पीसीआर रिपोर्टलाई पनि विदेश जाने प्रयोजनका लागि मान्यता दिने जनाएको छ । हाल अध्ययन विदामा रहेका सबै स्वास्थय कर्मीहरुलाई आ–आफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर भई सेवा दिन पनि मन्त्रालयले डाक्टरहरुलाई आदेश दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस