aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

आर्थिक संकटमा रहेको वीरमा कोडिभ अस्पताल सञ्चालन गर्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ बैशाख २०७८
आर्थिक संकटमा रहेको वीरमा कोडिभ अस्पताल सञ्चालन गर्ने तयारी

काठमाडौं । वीर अस्पतालको नयाँ भवनमा कोडिभ अस्पताल सञ्चालन गर्ने सरकारीले तयारी गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँको वीर अस्पतालको नवनिर्मित भवनलाई ५०० शैय्याको कोभिड–१९ विशेष अस्पताल बनाउने विषयमा छलफल भएको बताएका हुन । 

 कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शङ्करदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग अस्पतालको नवनिर्मित भवनलाई कोरोना भाइरसका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल भएका उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । 

सरकारले चाँडै नै उक्त भवनमा सङ्क्रमितको उपचारका लागि आइसोलेशन शैय्या सञ्चालनको तयारी थालेको छ । आजै सरकारले काठमाडौँ उपत्यकामा रहेको निजी तथा सरकारी अस्पतालमा एक हजार शैय्या थप गरी सञ्चालनमा ल्याएको छ ।
 
तर, वीर अस्पताल चरम आर्थिक संकटमा परेका कारण कर्मचारीहरुले पाउन पर्ने कोभिड भत्ता पाएका छैनन अस्पताल सञ्चालक समितिका पूर्व सदस्यले बताए । उनले भने, वीरको नयाँ भवन ५०० वेडको क्षमता हो तर २०० वेडसम्मको मुस्किले कोडिभ अस्पताल चलाउन सकिन्छ । कर्मचारीहरुको अभावका कारण त्यतिलाई पनि सेवा दिन अप्ठ्यारो पर्छ । 

काठमाडौँ उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढिरहेकाले अस्पतालमा शैय्याको अभाव भएको गुनासो आएपछि सिसिएमसीले विभिन्न विकल्पको खोजी गरिरहेको छ । उपप्रधानमन्त्री पोखरेलले आजै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका विषयमा जानकारी लिएका छन । 

प्रतिक्रिया दिनुहोस