aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

आन्तरिक हवाइ सेवा बन्द, भारत सहित तीन देशबाट आउने उडान पनि रोक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ बैशाख २०७८
आन्तरिक हवाइ सेवा बन्द, भारत सहित तीन देशबाट आउने उडान पनि रोक्ने

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा सरकारले बुधबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको उपप्रधान तथा कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

उनले भने, 'सरकारले भारतबाट हुने सम्पूर्ण उडान स्थगित गर्ने र  ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बुधबारदेखि बन्द गर्ने निर्णय भएको छ । बोटोमा रहेका हावाइ यात्रुलाई स्वेदश आउनेसम्मको समय आवश्यक पर्ने भएकाले सरकारले बुधबारदेखि विदेशी केहि देशका हावाई सेवा बन्द गरेको हो ।' 

प्रतिक्रिया दिनुहोस