aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० बैशाख २०७८
कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । शर्माले ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण भएको जनाएका हुन् । 

उनले सामाजिक सन्जालमा लेखेका छन्- ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार अस्पताल पुगेर स्वाब दिए । बिहानिपख रिपोर्ट आयो पोजेटिभ । टेकुका डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ । 

प्रतिक्रिया दिनुहोस