aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

थपिए ७४४८ जना कोरोना संक्रमित, ३७ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० बैशाख २०७८
थपिए ७४४८ जना कोरोना संक्रमित, ३७ जनाको मृत्यु

काठमाडौं । नेपालमा ७४४८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७३८८ जना र एन्टिजन परिक्षण गर्दा ६० जना गरि जम्मा ७४४८ जना नयाँ संक्रमित थपिएका हुन् ।                

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ रहेको छ । संक्रमित मध्ये दुई लाख ८६१ हजार १५ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ ।     
    
पछिल्लो २४ घण्टामा २०२१ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३७ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३३६२ पुगेको छ ।  
 

प्रतिक्रिया दिनुहोस