aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

कोरोना भाइरस भारत: ‘कोभिडको नक्कली डाक्टर’को उदय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ बैशाख २०७८
कोरोना भाइरस भारत: ‘कोभिडको नक्कली डाक्टर’को उदय

भारतमा एक खोपविरोधी अभियन्ताले कोरोनाभाइरस महामारीप्रति चिकित्सा विज्ञानको दृष्टिकोण पूर्ण रूपमा गलत भएको दाबी गरेर चर्चा कमाएका छन्।

तर आलोचकहरूले विश्वरूप रोय चौधरीले कोभिड-१९ लाई आहारका माध्यमबाट मात्र निको पार्न सक्ने बताएर मानिसहरूको जीवनलाई खतरामा पारिरहेको बताउँछन्। एड मेन र रेहा कान्साराको रिपोर्ट:

विश्वरूप रोय चौधरी पछि हट्ने मान्छे होइनन्।'मेरो विचारमा अधिकांश मृत्युहरू कोरोनाभाइरसका कारण होइनन् तर यसको उपचारका कारण हुन्,' उनको वेबसाइटमा भएको एउटा भिडिओमा उनी भन्छन्।

उनी भारतका सोसल मिडिया स्टार अथवा पूर्व सोसल मिडिया स्टार हुन्। उनलाई हाल धेरै सामाजिक सञ्जालमा प्रतिबन्धित गरिएको छ।चौधरी पारम्परिक औषधोपचार र चिकित्सकहरू ठूला व्यापारीहरूको गोजी भर्नका लागि डिजाइन गरिएको षड्यन्त्र हो भन्ने दाबी गर्छन्।

'औषधिले कुनै पनि रोग निको पार्न सहयोग गर्दैन,' उनले बीबीसीसँग भने। 'म मानिसलाई खोप आवश्यक पर्दैन भन्नेमा दृढ रूपमा विश्वस्त छु।'उनी आफ्नो भिडिओमा आफ्नो आहार योजनाले कोभिड-१९ मात्र होइन मधुमेह र एड्सलाई पनि निको पार्ने दाबी गर्छन्।

उक्त आहार योजनामा धेरै फलफूल र तरकारी समावेश छ।चिकित्सा विज्ञानले ती सबैलाई बकवास भनेको छ।तर चौधरीले आफ्नो सन्देश फैलाउन महामारीलाई प्रयोग गरेका छन्।उनी आफ्ना अनुयायीहरूलाई अस्पतालहरूले उनीहरूको मृत्युको सम्भावनाहरूलाई बढाउने बताउँछन्।

चौधरी सास फेर्न गाह्रो हुने कोभिड बिरामीहरूले अक्सिजन लिनुभन्दा हाते पङ्खाका अगाडि बस्नु राम्रो हुने बताउँछन्।उनका कैयौँ आलोचकहरूका नजरमा चाहिँ उनी खतरनाक ठग हुन् र उनको गलत सल्लाहले भारतमा देखिएको भयानक दोस्रो लहरको कोरोनाभाइरस सङ्क्रमणलाई अझ बढाउनेछ।

'विश्वरूप रोय चौधरी एक क्वाक हुन्,' भारतको तथ्यजाँच गर्ने वेबसाइट अल्टन्यूजकी विज्ञान सम्पादक डा। सुमैया शेख भन्छिन्।'उनलाई पछ्याउनेहरूको सङ्ख्या ठूलो छ र त्यसले उनलाई अझ बढी खतरनाक बनाउँछ।'

कैयौँ पुस्तकहरू, अनलाइन भिडिओहरू र अनलाइन कोर्सहरू तथा हलहरू भरिने प्रत्यक्ष कार्यक्रमहरूका माध्यमबाट उनको विचारलाई मलजल गरिएको छ।बिबिसीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस