aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

शय्या चाहिएमा यी नम्बरमा फोन गर्न मन्त्रालयको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ बैशाख २०७८
शय्या चाहिएमा यी नम्बरमा फोन गर्न मन्त्रालयको आग्रह

काठमाडौ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७  र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । 

मन्त्रालयले  आज एक सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्र्पक गर्न आग्रह गरेको हो । 

कोरोना बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ । ती नम्बरमा चौबिसै घण्टा  फोन गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस