aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

एनटीएको सेवाप्रदायकलाई निर्देशन–’निषेधाज्ञामा पैसा नतिर्ने ग्राहकको पनि इन्टरनेट नकाट्नु’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ बैशाख २०७८
एनटीएको सेवाप्रदायकलाई निर्देशन–’निषेधाज्ञामा पैसा नतिर्ने ग्राहकको पनि इन्टरनेट नकाट्नु’

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिमा महशुल भुक्तानी नगर्ने उपभोक्ताको सेवा अवरुद्ध नगर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ।

प्राधिकरणले कोभिड–१९ को दोस्रो लहरको संक्रमण तीब्र बन्दै गएको भन्दै दूरसञ्चार तथा इन्टरनेट जस्तो अत्यावश्यक सेवा अवरुद्ध नगर्न सचेत गराएको हो।

अहिलेको परिस्थितिमा सेवा अवरुद्ध हुँदा उपभोक्ताहरुमा नकारात्मक असर पर्न जाने भन्दै महशुल भुक्तानी गर्न नगरेका ग्राहकहरुको सेवा नकाट्न प्राधिकरणले निर्देशन दिएको हो।

त्यसैगरी, सम्भव भएसम्म विद्युतीय माध्यमबाट महशुल भुक्तानी लिने व्यवस्था गर्न र सर्भिस सेन्टरमार्फत् सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने गरी महशुल उठाउन निर्देशन दिएको छ। परिस्थिति अनुकुल भएपछि पनि कुनै बिलम्ब शुल्क नलिइ सेवा सुचारु गर्न पत्राचार गरेको छ।

 

प्रतिक्रिया दिनुहोस