aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

अमेरिकाले कोरोनाभाइरस खोपलाई बौद्धिक सम्पत्ति अधिकारअन्तर्गत नराख्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ बैशाख २०७८
अमेरिकाले कोरोनाभाइरस खोपलाई बौद्धिक सम्पत्ति अधिकारअन्तर्गत नराख्ने

अमेरिकाले कोरोनाभाइरस खोपलाई बौद्धिक सम्पत्ति अधिकारअन्तर्गत नराख्ने विश्व व्यापार सङ्गठनमा अघि बढाइएको अभियानलाई समर्थन गरेको छ।

भारत र दक्षिण अफ्रिकाले विश्वव्यापी रूपमा खोप उत्पादन वृद्धिका लागि मद्दत गर्ने भन्दै उक्त प्रस्ताव अघि सारेका हुन्।तर औषधि उत्पादकहरूले अहिले गरिएको प्रस्तावले सोचे अनुरूपको परिणाम दिन नसक्ने तर्क गरिरहेका छन्।

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाइले अहिलेको अभूतपूर्व समयमा अभूतपूर्व कदम चालिनुपर्ने बताइन्।

सहमतिमा निर्णय गर्ने चुनौती

उनले डब्लूटीओका सबै १६४ सदस्यहरूले यसबारेमा सहमतिमा निर्णय गर्न केही समय लाग्ने चेतावनी पनि दिइन्।

लगभग ६० वटा देशहरूले खोपको सर्वाधिकारलाई हटाउन छ महिनादेखि अघि बढाएको प्रयासमा भारत र दक्षिण अफ्रिकाले मुख्य रूपमा आवाज उठाउँदै आएका छन्।यसअघिको ट्रम्प प्रशासन, यूके र युरोपेली सङ्घले त्यसको कडा विरोध गरिरहेको थियो। तर ट्रम्पका उत्तराधिकारीले अलग्गै बाटो समाएका छन्।

सन् २०२० को चुनावी अभियानमा उनले सर्वाधिकारमा उन्मुक्ति दिने प्रतिबद्धता जनाएका थिए र बुधवार त्यसलाई दोहो¥याएका छन्।विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले कोभिड–१९ विरुद्धको लडाइँमा पछिल्लो निर्णय महत्त्वपूर्ण हुने बताएका छन्।

खोपको बौद्धिक सम्पत्ति संरक्षण नराख्दा यसले उत्पादन वृद्धि र सुपथ मूल्यमा कम आय भएका देशमा पनि खोपको पहुँच पु¥याउन सकिने बताइएको छ।

कैयौँ विकासशील देशहरूले सर्वाधिकार र अरू किसिमका बौद्धिक सम्पत्ति संरक्षण गर्नुपर्ने नियमहरूका कारण महामारी नियन्त्रणका लागि आवश्यक खोपको उत्पादनमा अवरोध भइरहेको बताउने गरेका छन्।

यसअघि औषधि कम्पनीहरूको बौद्धिक सम्पत्तिको प्रयोग गर्दै विकासशील देशहरूले खोप उत्पादन गर्न सक्ने भारत र दक्षिण अफ्रिकाको नेतृत्वमा ल्याइएको प्रस्तावलाई अमेरिकाले छलफलमा अघि बढ्नबाट रोकेको थियो।तर अब वार्ता प्रयास अघि बढाउने र त्यस्तो छुट दिलाउने प्रयास गरिने टाइले बताइन्।

प्रतिक्रिया के छ?
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड हानोम गेब्रियसोसले राष्ट्रपति बाइडनको पछिल्लो कदम कोभिड–१९ विरुद्धको लडाइँमा महत्त्वपूर्ण क्षण भएको बताएका छन्।

उक्त निर्णयको स्वागत गर्दै ओक्स्फामकी स्वास्थ्य नीति व्यवस्थापक एना मेरिओटले भनिन्, “यो विश्वलाई आवश्यक भइरहेको निर्णय हो।“

“खोपमा पहुँच नभएकै कारण आज हजारौँ मानिसहरूले ज्यान गुमाउनु परिरहेको छ। अब बाइडन प्रशासनले विश्वव्यापी रूपमा खोपको आपूर्ति वृद्धिमा मद्दत गर्न सक्छ।“तर औषधि कम्पनीहरूले आफ्नो विरोध जनाउँदै सर्वाधिकार मुख्य अवरोध नरहेको उल्लेख गरेका छन्।

उनीहरूले यस्तो कदमले नयाँ औषधि अन्वेषण र खोजमा अवरोध पु¥याउन सक्ने चेतावनी दिएका छन्।औषधि उत्पादक र सङ्घहरूको अन्तर्राष्ट्रिय निकायले उक्त कदमलाई ’निराशाजनक’ भनेको छ।जिनिभा मुख्यालय रहेको उक्त समूहले, “एउटा गम्भीर समस्याका लागि छुट एउटा साधारण तर गलत समाधान हो।“बिबिसीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस