aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ बैशाख २०७८
पछिल्लो २४ घण्टामा  ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संक्रमण अहिलेसम्मकै उच्च हो । 

बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, ५८ जनाको मृत्यु भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या  २ लाख ९२ हजार ४९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ५२९ पुगेको छ । नेपालमा निको हुनेको प्रतिशत ७९.०४ प्रतिशत रहेको छ । 

प्रतिक्रिया दिनुहोस