
काठमाडौं । नेपालमा आज थप ९०७० जनामा कोरोना भाइरस संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार बिहीबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको हो भने संक्रमित निको हुने दर ७९.४ प्रतिशत रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस