aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

औषधि व्यवस्था विभागले रसियन स्पुतनिक भी खोप ल्याउन दियो अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ बैशाख २०७८
औषधि व्यवस्था विभागले रसियन स्पुतनिक भी खोप ल्याउन दियो अनुमति

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना भाइरसविरुद्धको रसियन स्पुतनिक भी खोप ल्याउने अनुमति दिइएको छ । विभागले लोमश फर्मालाई स्थानीय एजेन्टको रुपमा खोप आयात गर्न प्रक्रिया अघि बढाई दिइएको हो । 

रसियन सरकारी संस्था ग्यामेलिया नेशनल रिसर्च सेन्टरले निर्माण गरेको स्पुतनिक भी खोप ९२ प्रतिशत बढी प्रभावकारी भएको बताइएको छ ।  यो खोप २१ दिनको अन्तरमा दुई डोज लगाउनुपर्ने हुन्छ । स्पुतनिक भी खोप भण्डारणका लागि २ देखि ८ डिग्री तापक्रममा राख्नुपर्ने हुन्छ ।
नेपालमा यो  खोप आयात गर्ने कम्पनीले १० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने विभागले जनाएको छ । विभागले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड हुकम डिस्टिब्युटर्स र भारतकै  बायोएन्टेकले उत्पादन गरेको को–भ्याक्सिन ल्याउन इमराल्ड फर्मालाई अनुमति दिइसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस